तेस्रो माझी गोल्डकप आजदेखि सिन्धुलीमा सुरु हुँदै

तेस्रो माझी गोल्डकप आजदेखि सिन्धुलीमा सुरु हुँदै


सिन्धुलीमा तेस्रो माझी गोल्ड कप आजदेखि सुरु हुने भएको छ। सिन्धुलीको मरिण गाउँपालिका वडा न ७ बाह्रबिसेको खेल मैदानमा हुने खेलको उद्घाटन खेलकुद मन्त्री डिगबहादुर लिम्बुले गर्ने तयारी छ। 

आज हुने उद्घाटन खेलमा नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुली र नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति मोरिङ्गाबीच प्रतिस्पर्धा हुँदैछ। उद्घाटन खेलका लागि मन्त्री लिम्बु आजै सिन्धुली जाने आयोजक नेपाल माझी उथान संघले जनाएको छ।

आजदेखि कार्तिक २१ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका २३ टिमको सहभागिता रहेको छ। खेलमा प्रथम हुने टिमले २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन्।
 
यस्तै दोस्रो हुनेले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र र तेस्रो हुनेले  ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र पाउने नेपालमाझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिए।

Logo