सिंगापुरले नेपाललाई दियो १ सय ४६ रनको लक्ष्य

सिंगापुरले नेपाललाई दियो १ सय ४६ रनको लक्ष्य


आईसीसी ट्वान्टी-२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा घरेलु टिम नेपालले सिंगापुरबाट १४६ रनको लक्ष्य पाएको छ। सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरबाट जितका लागि १ सय ४६ रनको लक्ष्य पाएको हाे। 

टस जितेर पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको हो। सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाएका थिए। 

पाँचौँ नम्बरका ब्याट्सम्यान मनप्रित सिंहले पनि २४ रनको योगदान गरे। आर्यवीर चौधरीले टोलीको खातामा ३७ रन थपे। नवौँ विकेटका रूपमा पेभेलियन पर्किनुअघि उनले २६ बलमा पाँच चौका पनि हिर्काएका थिए। उनलाई अविनाष बोहराले करण केसीद्वारा क्याच गराएका थिए।

नेपाली टोलीका बलर अविनाष बोहराले तीन विकेट लिए। उनले चार ओभरमा एक मेडनसहित ४३ रन खर्चिए। करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले पनि दुई—दुई विकेट हात पारे। सन्दीपले चार ओभरमा १८ र करणले चार ओभरमा ३६ रन खर्चिए। गुल्सनले चार ओभरमा २१ रन खर्चिए। 

Logo