बहराइनमाथि युएईको जित

बहराइनमाथि युएईको जित


संयुक्त अरब इमिरेट्स (युएई)ले आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटमा विजयी सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा युएईले बहराइनमाथि ५ विकेटको जित हात पारेको हो । 

मुलपानी क्रिकेट मैदानमा बहराइनले जितका लागि दिएको १३६ रनको लक्ष्य युएईले १८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । युएईका लागि अलि नासरले सर्वाधिक ४८ रनको योगदान दिए । त्यस्तै, अलिशान सारफूले २७ रन तथा आशिफ खानले २३ रन जोडे । 

बलिङमा बहराइनका रिजवान बटले २ विकट लिँदा साथैया भिरापाथिराना, अब्दुल र सचिनले समान एकएक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रनमा समेटिएको थियो । बहराइनका लागि हैदर बटले ५९ रनको अर्धशतकीय पारी खेले । सोहेल अहमदले २८ रन तथा जुनैद अजिजले २५ रन जोडे । 

बलिङमा युएईका जुनैद सिद्धिक्की र आयान अज्फल खानले समाान २/२ विकेट लिए ।   

Logo