पहिलाे खेलमै हारेपछि सिंगापुरका क्याप्टेन भन्छन्- ‘नेपाली टोलीले हाम्रो भन्दा राम्रो प्रदर्शन गरे’ [भिडियाे]

पहिलाे खेलमै हारेपछि सिंगापुरका क्याप्टेन भन्छन्- ‘नेपाली टोलीले हाम्रो भन्दा राम्रो प्रदर्शन गरे’ [भिडियाे]


आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेटअन्तर्गत आज भएको पहिलो खेलमा नेपालसँग हारेपछि सिंगापुरका क्याप्टेन अरित्र दत्तले नेपाली खेलाडीले गरेको प्रर्दशनको प्रशंसा गरेका छन् । 

खेल सकिएपछि सञ्चारकर्मीसँग दत्तले नेपाली टोलीलाई घरेलु मैदानको फाइदा भन्दा पनि उनीहरुले गरेको प्रर्दशन राम्रो भएकाले आफूहरुले खेल हारेको बताए । आजको खेल हारेपनि त्यसबाट सिकेर अर्को खेलमा राम्रो गर्ने भन्दै उनले भने, ‘म यो भन्दिन कि होम एडभान्टेज नेपाललाई छ । उनीहरुले साँच्चै राम्रो क्रिकेट खेले । होम ग्राउण्डको फाइदा केही हुनेनै भयो तर,उनीहरुको राम्रो खेले र राम्रो टीम प्रर्दशन गरे । हाम्रो भन्दा राम्रो ।’

नेपालका बलर करण केसीले क्याप्टेन अरित्र दत्तलाई आउट गरी नेपालका लागि पहिलो विकेटको सफलता दिलाएका थिए । 

भिडियाेका लागि-https://fb.watch/n-fsMBQpo_/

Logo