नामिबियासँग जिम्बावेलाई पराजित

नामिबियासँग जिम्बावेलाई पराजित


नामिबियाले पाँचौं तथा अन्तिम टि २० आई खेलमा टेस्ट टोली जिम्बावेलाई ८ रनले हराएको छ। योसँगै पाँच टि२० आई खेलको सिरिज नामिबियाले ३-२ ले जितेको छ।

जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको जिम्बावे १९.२ ओभरमा ९३ रनमा अल आउट भयो। जिम्बावेका ल्यूक जोंगवेले १६ बलमा ३ चौकासहित सर्वाधिक २४ रन बनाए। सिकन्दर राजा २, रयान बर्ल १९, क्वलाइभ माडान्डे १६ र निक वेल्च २३ रनमा आउट भए। अन्य कुनैपनि जिम्बावेका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

नामिबियाको जितमा तीव्र गतिका बलर जेजे स्मितले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। स्पिनर बेनार्ड स्कोल्टजले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए। कप्तान जेरार्ड इरास्मसले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए।

त्यसअघि विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १८.४ ओभरमा १ सय १ रनमा अल आउट भएको थियो। त्यो योगफल नै जितको लागि पर्याप्त बन्यो।

नामिबियाका जेजे स्मितले २८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २९ रन बनाएका थिए। निकोलस डेविन १९ र जेन फ्रेलिंकले समान १९ रन बनाए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

जिम्बावेका सिकन्दर राजाले ४ ओभरमा २४ रन खचेर ४ विकेट लिएपनि टोलीले जित्न सकेन। टेन्डाई चटाराले ३.४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए। रिचर्ड न्गरावले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिए।

यसअघि नामिबिया पहिलो र चौथो खेलमा समान ७ विकेटले विजयी भएको थियो। जिम्बावेले दोस्रो खेल ५ विकेट र दोस्रो खेल ६ विकेटले हारेको थियो।नामिबियाले आइसिसी टि२० विश्वकप अफ्रिका छनोट क्षेत्र अघि जिम्बावेसँग सिरिज खेलेको हो।

अफ्रिका छनोट नोभेम्बर २० देखी ३० सम्म हुनेछ। प्रतियोगितामा आयोजक नामिबियासँगै केन्या, नाइजेरिया, रवान्डा, तान्जनिया, युगान्डा र जिम्बावे छन्। शीर्ष दुई टोलीले २०२४ अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन्।

Logo