मेस्सीलाई आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड

मेस्सीलाई आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड जितेका छन्। गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित समारोहमा ३६ वर्षीय खेलाडीलाई सम्मान गरिएको हो।

मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४(२ को हारमा ह्याट्रिक गर्ने फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।  बालोन डीुओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका थिए ।

मेस्सीले अब अरू खेलाडीभन्दा तीनवटा बढी बालोन डीुओर अवार्ड जितेका छन् उनीपछि क्रिस्टियानो रोनाल्डोले यो पाँच पटक जितेका छन् । हालान्डले ३५ लिग खेलहरूमा कीर्तिमानी ३६ गोल र सबै प्रतियोगिताहरूमा ५२ गोल गरेपछि सिटीले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जित्यो। उनलाई गर्ड मुलर ट्रफीमा उत्कृष्ट गोलकर्ताको उपाधि दिइएको थियो।

इंग्ल्याण्ड र रियल मड्रिडका मिडफिल्डर जुड बेलिङह्यामले २१ वर्ष मुनिका विश्वकै उत्कृष्ट खेलाडीको कोपा ट्रफी जितेका छन्।  रियलकै विंगर भिनिसियस जुनियरले मैदान बाहिर नस्लवाद विरुद्ध उनको योगदानको लागि सोक्रेटिस अवार्ड प्राप्त गरे। 

अर्जेन्टिनाको विश्वकप विजेता तथा एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले विश्वकै उत्कृष्ट गोलकिपरको यासिन ट्रफी पाएका छन्। म्यानचेस्टर सिटी लगातार दोस्रो वर्ष वर्षको उत्कृष्ट क्लब घोषित भएको छ।

Logo