आईसिसी टि–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा आज नेपालले मलेसियाविरुद्ध मैदान उत्रिँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने समूह ‘ए’को यो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ। नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो। प्रतियोगिताको दोस्रो दिन पनि कुल चार खेल हुनेछन्। कीर्तिपुरमा हुने पहिलो खेलमा सिंगापुर र ओमानबीच प्रतिस्पर्धा हुनेछ।
यस्तै, मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा बहराइन र हङकङबीच प्रतिस्पर्धा हुनेछ। मूलपानीको दोस्रो खेलमा कुवेत र युनाइटेड अरब इमिरेट्स (यूएई) भिड्नेछन्। सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन्। प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ।
नेपाल समूह ‘ए’मा छ। यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन्। नेपालले आजको खेल बाहेक अब कात्तिक १६ गते ओमानसँग खेल्नेछ। समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन्। प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्।





























प्रतिक्रिया