सन्दीपले लिए मलेसियाको तेस्रो विकेट

सन्दीपले लिए मलेसियाको तेस्रो विकेट


नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्ध तेस्रो सफलता प्राप्त गरेको छ ।  

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले १०औं ओभरको पहिलो बलमै विरन्दीप सिंहलाई गुमाएको हो । नेपालका स्पिनर सन्दीप लामिछानेले उनलाई ४ रनमै पवेलियन फर्काएका हुन् । हाल मलेसिया ३ विकेटको क्षतिमा १०० रन बनाएर खेलिरहेको छ । 

यसअघि मलेसियाले ५७ रन जोड्दा अविनाश बोहराले जुल्कीफललाई आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उनी २४ रनमा आउट भएका थिए । त्यसपछि ६ ओभरको अन्तिम बलमा कप्तान अहमद फैजलाई ३ रनमा आउट भए ।  नेपालका स्पिनर सन्दीप लामिछानेको बलमा शत खेलेका उनी करण केसीको उत्कृष्ट फिल्डिङमा आशिफ शेखबाट रनआउट भएका थिए । 

Logo