मलेसियाविरुद्ध नेपालको १०० रन पूरा, भुर्तेलपछि मल्लको विष्फोटिङ ब्याटिङ

मलेसियाविरुद्ध नेपालको १०० रन पूरा, भुर्तेलपछि मल्लको विष्फोटिङ ब्याटिङ


घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्ध राम्रो ब्याटिङ गरेको छ । 

टियु क्रिकेट मैदानमा मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा एक विकेको क्षतिमा १०० रन पूरा गरेको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए । ५.३ ओभरमा आउट हुनुअघि उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। 

हाल क्रिजमा आशिफ शेख र कुशल मल्ल रहेका छन् । आशिफले २१ बल खेलेर २८ रन जोड्दा कुशलले ४ छक्काको मदतमा ३८ रन जोडिसकेका छन् । 

Logo