मलेसियाविरुद्ध कुशल मल्लको सानदार अर्धशतक

मलेसियाविरुद्ध कुशल मल्लको सानदार अर्धशतक


घरेलु टोली नेपालका लागि युवा अलराउण्डर कुशल मल्लले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्ध अर्धशतक पूरा गरेका छन् । 

टियु क्रिकेट मैदानमा मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले २५ बलमै ६ छक्का र १ चौकाको मदतमा अर्धशतक प्रहार गरेका हुन् । हाल नेपाल ओभरमा ३ विकेटको क्षतिमा रन बनाएर खेलिरहेको छ । 

यसअघि नेपालको पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए । ५.३ ओभरमा आउट हुनुअघि उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।  त्यसपछि ११औं ओभरको चौथो बलमा अर्का ओपनर आशिफ शेख २३ बल खेल्दै २ छक्का र १ चौकाको मदतमा ३२ रन जोड्दै आउट भए ।  
 

Logo