मोन्टी देसाईं भन्छन्- ‘हामीलाई भुल सुधार्ने २४ घण्टा छ, युएईविरुद्ध कमब्याक गर्छाैं’

मोन्टी देसाईं भन्छन्- ‘हामीलाई भुल सुधार्ने २४ घण्टा छ, युएईविरुद्ध कमब्याक गर्छाैं’


राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईले भोलि युएईसँग हुने सेमिफाइनलमा आजका भुल सुधार्ने प्रतिबद्धता जनाएका छन् । 

आज भएको आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपाल र ओमानबीचको रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि, प्रशिक्षक देसाईले भोलिको खेलमा आजका भुल सुधार्ने बताएका हुन् । 

खेल सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक देसाईले ओमानको खेलको तारिफ गरे । सँगै उनले नेपालको खेलले आज दर्शकहरु निराश हुनु परेपनि भोलि युएईसँग हुन लागेको खेलमा आजको भन्दा राम्रो गर्ने बताए । उनले भने,‘आज हामीले आफ्नो लाइन क्रस गर्न हुँदैन थियो । यो निराशाजनक हो । म भन्दा पनि धेरै खेलाडी र उनीहरु भन्दा धेरै दर्शक निराश छन् । तर,हामीसँग एउटा अवसर छ, २४ घण्टाको कुरा हो । भोलि हामीले त्यसलाई करेक्ट गर्नुपर्छ ।’

उनले आजको खेलमा आफ्ना खेलाडिको व्याटिङ मुडलाई नजिकबाट हेरेको र आफूले इन्जोए गरेको बताए । उनले भोलि मूलपानीमा युएइसँग हुने प्रतिस्पर्धा च्यालेन्जको रुपमा लिएको र उत्साहपूर्वक क्लियर माइण्डसेट बनाएर खेल्ने बताए । 

नेपाल र यूएईबीचको सेमिफाइनल खेल शुक्रबार मूलपानी क्रिकेट मैदानमा हुनेछ । यूएईले मूलपानीमा भएको समूह ‘बी’ को अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गर्दै समूह विजेता बनेको हो । दुवै टोली भोली सेमिफाइनलको लागि प्रतिस्पर्धा गर्दैछन् ।

Logo