खेल सुरु हुनु अगाबै मुलपानी मैदानमा किक्रेटर फ्यानहरू [तस्विरमा]

खेल सुरु हुनु अगाबै मुलपानी मैदानमा किक्रेटर फ्यानहरू [तस्विरमा]


नेपाल र संयुक्त अरब इमिरेटस (युएइ) का बीचमा केहीबेरमा प्रतिस्पर्धा सुरु हुँदैछ।  आइसिसी टी-२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो। 

सो खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछ। खेल ठिक बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।  तर, खेल सुरु हुनु अघि नै टिकट ‘सोल्ड आउट’ भईसकेको छ भने नेपाली फ्यानहरु एक घन्टा अघि नै क्रिकेट मैदानमा पुगेका छन्। जसको तस्विर नेपाल क्रिकेट संघले सार्वजनिक गरेको छ। 

यसअघि क्यानले मुलपानी मैदानको सुन्दर तस्विर सार्बजनिक गरेको थियो। आफ्नो ट्विटर ह्यान्डलबाट दुई तस्विर सार्वजनिक गर्दै क्यानले भनेको छ,‘रोमाञ्चक मुलपानी क्रिकेट मैदान, बहुप्रतिक्षित आइसीसी पुरुष टि २० विश्वकप फाइनल एशिया सेमिफाइनल नेपाल र युएई बीच भिडन्तको लागि तयार छन्।’

 

 

Logo