कुशल मल्लले दिलाए नेपाललाई चौथो विकेट

कुशल मल्लले दिलाए नेपाललाई चौथो विकेट

केन्द्रबिन्दु
0
Shares

नेपालका युवा अलराउण्डर कुशल मल्लले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईविरुद्ध विकेट दिलाएका छन् । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईविरुद्ध स्पिनर कुशलले १३ ओभरको चौथो बलमा अलिसान शारफूलाई १६ रनमा क्याच आउट गराएका हुन् ।  योसँगै युएईलाई चौथो झड्का लागेको छ । युएई हाल ४ विकेटको ९३ रन बनाएर खेलिरहेको छ ।  

त्यसअघि नेपालका स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेट दिलाएका थिए । उनले ९ ओभरको अन्तिम बलमा असिफ खानलाई १३ रनमा आउट गरेका हुन् ।  

राम्रो सुरुवात गरेको युएईविरुद्ध नेपालका तीव्र गतिका बलर सोमपाल कामीले एकै ओभरमा २ विकेट दिलाएका थिए । चौथो ओभरको चौथो बलमा सोमपालले आक्रामक इनिङ खेलेका कप्तान मुहम्मद वासिमलाई २६ रनमा क्याच आउट गराएका थिए । त्यसअघि चौथो ओभरको पहिलो बलमा खालिद शाहलाई उनले नै ३ रनमा रन आउट गरेका थिए ।

Logo