प्रिमियर लिगमा म्यानचेस्टर सिटीको सानदार जित

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको सानदार जित


इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ।

सिटीले बर्नमाउथलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको हो। सिटीको जितमा बर्नाडो सिल्भाले २, जेरेमी डोकु, मानुएल आकान्जी, फिल फोडेन र नेथन आकेले समान १ गोल गरे।

खेलमा डोकुको ४ वटा असिस्ट रहेको थियो। पहिलो गोल डोकुले ३०औं मिनेटमा गरेका थिए। उनले रोड्रीको पासमा राम्रो फिनिस गर्दै गोल गरेका थिए। त्यसपछिका ४ गोलमा डोकुले असिस्ट गरे।

३३औं र ८३औं मिनेटमा सिल्भाका गोल, ३७औं मिनेटमा आकान्जी र ६४औं मिनेटमा फोडेनले डोकुकै पासमा गोल गरेका थिए। ८८औं मिनेटमा आकेले भने युवा खेलाडी ओस्कर बबको पासमा हेडर मार्फत गोल गरेका थिए।

स्टार स्ट्राइकर एर्लिङ हालान्ड हाफमा घाइते हुँदै मैदान छाडेपनि सिटी ६ गोल गर्न सफल भएको हो। जितपछि सिटी ११ खेलमा २७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। बर्नमाउथ भने ६ अंक सहित १७औं स्थानमा छ।

यस्तै सोही समयमा भएका अन्य खेलमा ब्रेन्टफर्ड, क्रिस्टल प्यालेस र सेफिल्ड युनाइटेडले जित निकाल्दा एभर्टन र ब्राइटनले भने १-१ को बराबरी खेलेका छन्। ब्रेन्टफर्डले वेस्ट ह्यामलाई ३-२ ले, प्यालेसले बर्नलीलाई २-० ले र सेफिल्डले वल्भसलाई २-१ ले हरायो।त्यसअघि म्यानचेस्टर युनाईटेडले फुलह्यामलाई १-० ले हराएको थियो।

Logo