दीपेन्द्रले ओमानविरुद्ध फाइनल खेल नखेल्ने

दीपेन्द्रले ओमानविरुद्ध फाइनल खेल नखेल्ने


नेपाली क्रिकेट टोलीका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल ओमानविरुद्ध नखेल्ने भएका छन्। गत सोमबार खुट्टामा एंकलको चोटका कारण दीपेन्द्र आजकाे खेल नखेल्ने भएका हुन्।

चोटका कारण उनले समूह चरणका कुनैपनि खेल खेलेका थिएनन्। तर शुक्रबार विश्वकपमा पुग्न निर्णायक खेल खेलेपनि उनले ब्याटिङ र बलिङ दुबै गर्नु परेको थिएन। तर दीपेन्द्रले फाइनल नखेल्ने पक्का भएको छ। त्यसैको कारण दीपेन्द्र वार्मअपमा आएका छैनन्। दीपेन्द्र पेभेलिएनमै बसेका छन्।

दीपेन्द्र नखेल्दा नेपालले विनोद भण्डारी र सन्दीप जोरा मध्ये एकलाई खेलाउनेछ। टोलीको वार्मअप हेर्दा सन्दीप जोराले खेल्ने सम्भावना देखिन्छ।

Logo