बंगलादेशसँगको हारले श्रीलंका पनि बाहिरियो

बंगलादेशसँगको हारले श्रीलंका पनि बाहिरियो

केन्द्रबिन्दु
0
Shares

श्रीलंका आइसिसी विश्वकप २०२३ मा बंगलादेशसँग ३ विकेटले पराजित भएसँगै सेमिफाइनल दौडबाट बाहिरिएको छ। जितको लागि २ सय ८० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ४१.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेकाे हाे। 

बंगलादेशको जितमा नाज्मुल हसन सान्टोले १ सय १ बलमा १२ चौकासहित सर्वाधिक ९० रन बनाए। सकिब अल हसनले ६५ बलमा १२ चौका र २ छक्कासहित ८२ रन बनाए। ओपनर लिटन दास २२ बलमा २ चौका र २ छक्कासहित २३, महमुदूल्लाह रियाद २२, मुुश्फिकुर रहिम १० र मेहेदी हसन मिराज ३ रनमा आउट भए। श्रीलंकाका दिलशान मदुशानकाले १० ओभरमा ६९ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। महेश थिक्सेना र एन्जिलो म्याथ्युजले समान दुई विकेट लिए।

त्यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९.३ ओभरमा २ सय ७९ रनमा अल आउट भएको थियो। श्रीलंकाका चरिथ असलंकाले १ सय ५ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेलेका थिएका थिए। तर टोलीलाई शतकका बाबजुद जिताउन सकेनन्।

चरिथ बाहेक अन्य कुनैपनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन्। ओपनर पाथुम निसंका ३६ बलमा ८ चौकासहित ४१ रनमा आउट भए। कुशल परेरा ४ र कुशल मेन्डिस १९ रनमा आउट भएका थिए। सदिरा समाराविक्रमा ४२ बलमा ४ चौकासहित ४१ रनमा सकिब अल हसनको बलमा क्याच आउट भए। हसनको बलमा सदिरा महमुदूल्लाहबाट क्याच आउट भएका थिए।

उनी आउट भएपछि हेल्मेट समस्याको कारण तयार हुन दुई मिनेट समय भन्दा बढी लगाएपछि एन्जिलो म्याथ्युज टाइम आउट भएका थिए। क्रिकेट इतिहासमा म्याथ्युज टाइम आउट हुने पहिलो खेलाडी हुन्।

धनन्जय डि सिल्भा ३४, महेश थिक्सेना २२ र दुश्मन्था चामिरा ४ रनमा आउट भएका थिए। बंगलादेशका तान्जिम हसन सकिबले १० ओभरमा ८० रन खर्चेर ३ विकेट लिए। सकिब अल हसनले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए। शोरिफुल इस्लामले ९.३ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए।

बंगलादेश ८ खेलमा २ मा जित र ६ मा हारसहित सातौं स्थानमाछ। श्रीलंका ८ खेलमा २ मा जित र ६ मा हारसहित आठौं स्थानमा छ। नेदरल्यान्ड्स ७ खेलमा ४ अंकका साथ नवौं स्थानमा छ।

इंग्ल्यान्ड ७ खेलमा २ अंकका साथ पुछारमा रहँदै बाहिरिएको छ। भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ। दक्षिण अफ्रिका ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ। भारत र दक्षिण अफ्रिका भने सेमिफाइनलमा पुगि सकेका छन्।

Logo