अष्ट्रेलियाले आज अफगानिस्तानसँग खेल्दै

अष्ट्रेलियाले आज अफगानिस्तानसँग खेल्दै

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा आज अफगानिस्तानसँग खेल्दैछ।

खेल दिउँसो २:१५ मा मुम्बईमा रहेको वानखडे स्टेडियममा सुरु हुनेछ। अष्ट्रेलिया अफगानिस्तानलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा पुग्न चाहन्छ। उता अफगानिस्तानलाई सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न यो खेल जित्नै पर्ने हुन्छ।

अष्ट्रेलिया ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ। आजको खेलमा विजयी भएमा अष्ट्रेलिया १२ अंकका मा पुग्नेछ। सेमिफाइनलमा पुग्न अष्ट्रेलियालाई आजको जित पर्याप्त हुनेछ। उता अफगानिस्तान ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ।

अफगानिस्तानले अव अष्ट्रेलिया र दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ। यी दुबै खेलमा विजयी भएका अफगानिस्तानले पहिलो पटक सेमिफाइनल खेल्नेछ। आजको खेलमा पराजित हुँदा अफगानिस्तानको सेमिफाइनल सम्भावना निकै कठिन बन्ने देखिन्छ।

अष्ट्रेलियाले सुरुवाती दुई खेल हारेको थियो। त्यसपछि अष्ट्रेलियाले लगातार पाँच खेल जित्दै सेमिफाइनल सम्भावना बढाएको हो। आजको खेलमा स्टिभ स्मिथ खेल्ने सम्भावना कम छ।

प्रमुख ब्याटर मिचेल मार्श फर्किनेछन्। पछिल्लो खेलमा घाइते भएमा ग्लेन म्याक्सवेल पनि आजको खेलमा उपलब्ध हुनेछन्। डेविड वार्नर र ट्रविस हेडको लय रोक्न अफगानी बलरलाई कठिन पर्नसक्छ। मिचेल मार्श र ग्लेन म्याक्सवेलले पनि राम्रो गर्दै आएका छन्।

स्पिनर एडम जाम्पाले यस विश्वकपमा ७ खेलमा १९ विकेट लिई सकेका छन्। जाम्पाबाट अष्ट्रेलिया पुन सानदार प्रदर्शन चाहन्छ। मिचेल स्टार्क, जोश हेजलवुड र प्याट कमिन्सको गतीमा खेल्न सहज हुने छैन।

उता अफगानिस्तानका रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रान प्रमुख ब्याटर हुन्। यी दुई ब्याटरले दिने सुरुवातले भर पर्नेछ। उता मध्यक्रममा रहमात शाह र कप्तान हश्मातुल्लाह शाहिदीले पनि राम्रो गर्दै आएका छन्। युवा अलराउन्डर आजमतुल्लाह ओमरजाईले राम्रो अन्त्य गर्दै आएका छन्।

अफगानिस्तानको मुख्य हतियार नै स्पिन आक्रामण हो। मुजिब उर रहमान, राशिद खान, नुर अहमद र मोहम्मद नाबीको स्पिन आक्रामण खेल्न अष्ट्रेलिया ब्याटरलाई सहज पक्का हुने छैन।

Logo