क्रिकेट खेलाडीलाई जनही १३ लाख रुपैयाँ पुरस्कार दिन सिफारिस

क्रिकेट खेलाडीलाई जनही १३ लाख रुपैयाँ पुरस्कार दिन सिफारिस

केन्द्रबिन्दु
0
Shares

आइसिसी टि२० विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगद पुरस्कार दिन सिफारिस गरेको छ । 

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो । १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको हाे ।

जसमा प्रतिखेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्ष, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले युएईलाई ८ विकेटले हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकपमा स्थान बनाएको थियो । पछिल्लोपटक नेपालले सन् २०१४ को विश्वकप खेलेको थियो । त्यसयता भएका चार छनोटमा नेपाल छनाेट हुन असफल भएको थियो । पाँचौ प्रयासमा नेपाल युएईसँग बदला लिँदै सफल भएको भएकाे हाे ।

Logo