म्यानचेस्टर सिटीको सहज जित

म्यानचेस्टर सिटीको सहज जित

केन्द्रबिन्दु
0
Shares

युरोपेली च्याम्पियन्स लिगको समूह जि साविक विजेता म्यानचेस्टर सिटीले मंगलबार सहज जित निकालेको छ।

सिटीले १० जनामा सिमित स्विस टोली योङ ब्वाइजमाथि ३-० को जित हासिल गरेको हो। सिटीको जितमा एर्लिङ हालान्डले दुई गोल गर्दा फिल फोडेनले एक गोल थपे। शनिबार बर्नमाउथ विरुद्ध घाइते हुँदै हाफ टाइममा मैदान छाडेका हालान्ड गएराति सुरुवाती रोजाइमा रहेर खेलेका थिए।

अग्रता पनि २३औँ मिनेटमा उनले नै दिलाए। योङ ब्वाइजका लाउपरले सिटीका म्याथियस नुनेसलाई बक्स भित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो। पेनाल्टीमा गोल गर्दै हालान्डले सिटीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्तिमतिर फोडेनले अग्रता दोब्बर बनाए। ज्याक ग्रिलिसको पास लिएर दुई डिफेन्डरलाई छक्याएर फोडेनले सुन्दर फिनिस गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए। ५१औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता अझ फराकिलो बनाए। उनले बक्सको छेउ बाट सुन्दर गोल गर्दै व्यक्तिगत दोस्रो गोल गरे।

५३औँ मिनेटमा सान्ड्रो लाउपर दोहोरो पहेँलो कार्डको‌ सामना गर्दै मैदान बाहिरिएपछि योङ ब्वाइज १० जनामा सिमित भएको थियो। यस्तै सोही समूहमा भएको अर्को खेलमा आरबी लाइपजिगले रेडस्टार बेलग्रेडलाई २-१ ले हरायो।

समूहमा सिटीको शत प्रतिसत नतिजा रहेको छ। सिटी ४ खेलमा १२ अंक सहित पहिलो स्थानमा छ। लाइपजिगको ४ खेलमा ३ जित सहित ९ अंक छ। बेलग्रेड र योङ ब्वाइजको समान १-१ अंक छ। यस समूह बाट सिटी र लाइपजिग दोस्रो चरणमा प्रवेश गरेका छन्।

Logo