विश्वकपको सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने

विश्वकपको सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने

केन्द्रबिन्दु
0
Shares

भारतमा जारी आइसिसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने पक्का भएको छ। अंक तालिकामा दोस्रो र तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनल भिडन्त पनि पक्का भएको हो।

यी दुई देशबीच १६ नोभेम्बरमा इर्डेन गार्डेन कोलकातामा सेमिफाइनल हुनेछ। दक्षिण अफ्रिका ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ। दक्षिण अफ्रिकाले अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ। अष्ट्रेलिया ८ खेलमा ६ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ। अष्ट्रेलियाले अन्तिम खेल बंगलादेशसँग खेल्नेछ।

अन्तिम चारमा रहने एक टोली १० अंकका साथ सेमिफाइनल खेल्ने पक्का भएको छ। त्यसैको कारण अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच सेमिफाइनल भिडन्त पक्का भएको हो। उता भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ।

भारतले चौथो स्थानको टोलीसँग वानखडे स्टेडियम मुम्बईमा १५ नोभेम्बरमा सेमिफाइनल खेल्नेछ। चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्न प्रतिस्पर्धामा न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन्।

समान ८ खेलमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानको ८-८ अंक छ। नेटरनरेटको कारण न्युजिल्यान्ड चौथो, पाकिस्तान पाँचौं र अफगानिस्तान छैटौं स्थानमा छन्। न्युजिल्यान्डको नेटनरेट ०.३९८, पाकिस्तानको ०-०३६ र अफगानिस्तानको माइनस ०.३३८ छ।

न्युजिल्यान्डले अन्तिम खेल बिहीबार श्रीलंकासँग खेल्नेछ। पाकिस्तानले अन्तिम खेल शनिबार इंग्ल्यान्डसँग खेल्नेछ। अफगानिस्तानले अन्तिम खेल शुक्रबार दक्षिण अफ्रिकासँग खेल्नेछ। यी तीन टोलीमा १० अंकमा पुग्ने र नेटरनरेटमा माथि रहने टोली शीर्ष चारमा रहँदै सेमिफाइनल खेल्नेछ। फाइनल भने १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ।

Logo