रियल म्याड्रिडको सहज जित

रियल म्याड्रिडको सहज जित

केन्द्रबिन्दु
0
Shares

च्याम्पियन्स लिग अन्तर्गत समूह सी अन्तर्गतको खेलमा रियल म्याड्रिडले जित हासिल गरेको छ । रियलले पोर्चुगिज क्लब ब्रागा विरुद्ध ३-० को सहज जित निकालेको हो। रियलको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका हुन्।

खेलमा अग्रता लिने सुरुवाती अवसर भने ब्रागाले पाएको थियो। लुकास भास्केजले बोर्जा माथि बक्स भित्र फाउल गरेपछि ब्रागाले पेनाल्टी पाएको थियो। तर अल्भारो जालोको पेनाल्टी रियलका गोलरक्षक लुनिनले बचाए।

रियलले अग्रता भने २७औं मिनेटमा लिएको थियो। रोड्रिगोको पासमा डियाजले गोल गर्दै अग्रता दिलाएका थिए। भिनिसियसले ५८औं मिनेटमा भास्केजको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।

यस्तै ६१औं मिनेटमा भिनिसियसको पासमा रोड्रीगोले गोल गर्दै खेलमा रियलको जित सुनिश्चित गरे।यस्तै सोही समूहमा गएराति नै नापुली र युनियन बर्लिन १-१ को बराबरी खेलेका छन्।

यस समूह बाट रियल ४ खेलमा १२ अंक जोड्दै दोस्रो चरणमा प्रवेश गरेको छ। दोस्रो स्थानमा रहेको नापोलिको ४ खेलमा ७ अंक छ। तेस्रो स्थानमा रहेको ब्रागाको ३ अंक रहँदा बर्लिनको १ अंक मात्र छ।

Logo