एन्फा अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत, पक्षमा मतै झरेन

एन्फा अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत, पक्षमा मतै झरेन

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभामा अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । 

हेटौंडामा सम्पन्न विशेष साधारणसभामा एन्फा अध्यक्षबाट नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावमाथि मतदान भएको थियो । तर, प्रस्तावको विपक्षमा मत झरेपछि नेम्वाङको अध्यक्ष पद जोगिएको हो ।  

कुल ८७ जना मतदातामध्ये प्रस्तावको पक्षमा शून्य मत र विपक्षमा अर्थात अध्यक्ष नहटाउने पक्षमा ५२ मत परेको थियो । एक मत बदर भएको छ । 
 

Logo