महिला क्रिकेटमा इन्दुलाई कप्तानको जिम्मेवारी, बिन्दु उपकप्तान

महिला क्रिकेटमा इन्दुलाई कप्तानको जिम्मेवारी, बिन्दु उपकप्तान

केन्द्रबिन्दु
0
Shares

हङकङमा हुने चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको कप्तानी इन्दु बर्माले गर्ने भएकी छिन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार अलराउन्डर इन्दुलाई कप्तानको जिम्मेवारी दिएको हो । यसअघि टोलीको कप्तान रुविना क्षेत्री रहेकी थिइन् । साथै बायाँ हाते ब्याटर विन्दु रावललाई उपकप्तान बनाइएको छ । 

नेपालले हङकङमा चार देश सम्मिलित टि२० सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपालसँगै तान्जानिया, जापान र हङकङले खेल्नेछन् । नेपालले पहिलो खेल कार्तिक २९ गते तान्जानियासँग खेल्नेछ । 

सिरिज खेल्ने नेपाली टोली-

इन्दु बर्मा (कप्तान), बिन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्मचार्य, काजल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमी विष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन ।

Logo