अष्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशमाथि सानदार जित हात पारेको छ । सेमिफाइनलमा स्थान पक्का गरिसकेको अष्ट्रेलियाले शनिबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशमाथि ८ विकेटको जित दर्ता गरेको हो ।
बंगलादेशले जितका लागि दिएको ३०७ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले मात्रै २ विकेट गुमाएर ४४.४ ओभरमा पूरा गरेको हो । अष्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक १७७ रनको सानदार शतकीय इनिङ खेले । १३२ बल खेलेका उनले १७ चौका र ९ छक्का प्रहार गरे । उनले ओपनर डेभिड वार्नर र स्टिभ स्मिथसँग शतकीय साझेदारी गरेका थिए ।
स्मिथ ६३ रनमा अविजित रहे भने वार्नरले ५३ रनको अर्धशतकीय इनिङ खेले ।
त्यसअघि महाराष्ट्र क्रिकेट एशोसिएशन पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पूरा ओभर खेलेर ८ विकेटको क्षतिमा ३०६ रन बनाएको थियो । बंगलादेशका लागि टोहिड हृडोयले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले । साथै कप्तान नजमुल हुसैन शान्टोले ४५ रन बनाए भने तान्जिड हसनले ३६ रन, लिटोन दासले ३६ रन, महमुदुल्लाहले ३२ रन, मुस्फिकर रहिमले २१ रन तथा मेहदी हसन मिराजले २९ रन बनाए ।
बलिङतर्फ अष्ट्रेलियाका सिन एब्बोट र एडम जम्पाले २/२ विकेट लिँदा मार्कस स्टोइनिसले १ विकेट लिए।





























प्रतिक्रिया