महिला टि-२० आई सिरिजमा नेपालले पहिलो पटक तान्जानियासँग खेल्दै

महिला टि-२० आई सिरिजमा नेपालले पहिलो पटक तान्जानियासँग खेल्दै

केन्द्रबिन्दु
0
Shares

नेपालले चार देश सम्मिलित महिला टि-२० आई सिरिजमा बुधबार तान्जानियासँग खेल्दैछ। खेल बिहान ७:१५ मा सुरु हुनेछ। हङकङले आयोजना गरेको सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन्।

नेपालले पहिलो पटक तान्जानियासँग खेल्दैछ। महिला टि-२० आईमा तान्जानिया १९ औँ र नेपाल २१ औँ स्थानमा छन्। दुवै टोली पहिलो पटक खेल्न लागेको हुँदा एक अर्काको बारे खासै जानकार छैनन्।

नेपालले यसै सिरिजबाट कप्तानी परिवर्तन गर्दैछ। तान्जानियाविरुद्ध इन्दु बर्माले कप्तानी गर्नेछिन्। रुविना खेलाडीको रुपमा खेल्नेछिन्। नेपालकी प्रमुख तीव्र गतिकी बलर कविता कुँवर टोलीमा छैनन्। एपेन्डिक्सको शल्यक्रियाको कारण उनी नहुँदा नेपालले एक खेलाडीलाई डेब्यू दिनेछ।

नेपालको टोलीमा तीव्र गतिका बलरमा पहिलो पटक सोनी पाख्रिन र सोमु विष्टले स्थान बनाएका छन्। सोनीले डेब्यू गर्ने सम्भावना छ। बागमतीबाट घरेलु क्रिकेटमा उनले राम्रो गर्दै आएकी छिन्। ब्याटिङ पनि गर्ने हुँदा सोनीको सम्भावना छ।

अश्मिना कर्माचार्यले निरन्तरता पाउनेछिन्। अश्मिना प्रमुख बलर हुन्।नेपालका इन्दु बर्मा, सीता रानागमर र रुविना क्षेत्री प्रमुख हतियार हुन्। यी तीन खेलाडीको अलराउन्ड प्रदर्शन निकै महत्वपूर्ण हुनेछ।  

Logo