तान्जिनियाविरुद्ध नेपालले टस हार्‍याे

तान्जिनियाविरुद्ध नेपालले टस हार्‍याे

केन्द्रबिन्दु
0
Shares

हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी-२० क्रिकेट शृंखलामा बुधबार तान्जिनियाले नेपालविरुद्ध टस जिती पहिले ब्याटिङ गर्दैछ। उक्त शृंखलाको यो पहिलो खेल हो।  

शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङका अतिरिक्त चौथो टोलीका रुपमा जापान सहभागी छ। तान्जिनियाले एक ओभरमा कुनै पनि विकेट नगुमाई तीन रन बनाएको छ। 

नेपालले नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। नेपाल क्रिकेट संघ (क्यान) ले यही शृंखलाका लागि राष्ट्रिय टोलीको कप्तानमा इन्दूलाई नियुक्त गरेको हो। क्यानले इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो। 

Logo