नेपालले तान्जनियासँग हार्‍यो

नेपालले तान्जनियासँग हार्‍यो

केन्द्रबिन्दु
0
Shares

हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृंखलाको बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ। नेपाललाई तान्जनियाले २७ रनले पराजित गरेको हो। नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो। 

टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो। 

नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा ओर्लिएको नेपाली टोलीका ब्याट्रहरुले निराशाजनक प्रदर्शन गरे। ब्याटिङतर्फ कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालका लागि सातौँ नम्बरमा क्रिज समाल्न आएकी अनुभवी खेलाडी सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान गरिन्।

सीताले ३१ बलको सामना गरी चार छक्का पनि हिर्काइन्। उक्त खेलमा दुबै टोलीका अन्य कुनै ब्याट्रले छक्का प्रहार गर्न सकेनन्। यसदेखि वाहेक नेपालका लागि कप्तान इन्दू बर्माले मात्र दोहोरो अंकमा रन बनाउन सकिन्। 

इन्दूले १८ बलको सामना गरी दुई चौकाको मद्दतले १५ रन बनाइन्। नेपालका अन्य खेलाडीले भने दोहारो अंकमा रन बटुल्न सकेनन्। इश्वरी बिष्ट तीन रन बनाउँदै आउट भइन्। उनको विकेट तान्जनियाकी बलर जेरोमले लिएकी हुन्। खुसी डंगोल शून्य रनमा अविजित रहिन्। 

तान्जनियाका बलर सोफिया जेरोमले तीन विकेट लिइन्। निमा पियुषले दुई विकेट हात पारिन्। आइसा मोहमद, युसाङ्गा र पेरिस जाकायोले एक-एक विकेट लिए। नेपाली टोलीले अतिरिक्त रुपमा नौ रन पाएको थियो। नेपालले आफ्नो दोस्रो खेल बिहीबार आयोजक हङ्कङसँग खेल्नेछ। सोही दिन जापान र तान्जनियाबिच अर्को खेल हुनेछ।

पहिलो विकेटका रुपमा नेपालले ओपनर बिन्दू रावललाई गुमाएको थियो। उनी शून्य रनमै पेभेलियन फर्किएकी थिइन्। उनलाई तान्जनियाकी बलर पेरिस जाकायोले पहिलो ओभरको दोस्रो बलमै एलबीडब्लूको धरापमा पारेकी थिइन्। उनी आउट हुँदा नेपालले दुई रन बनाएको थियो।

नेपालले दोस्रो विकेटका रुपमा सम्झना खड्कालाई गुमाएको थियो। उनी पनि खाता खोल्नुअघि नै पेभेलियन फर्किएकी थिइन्। उनलाई तान्जनियाकी बलर निमा पियुषले सोफिया जेरोमद्वारा क्याच गराएकी थिइन्। १.३ ओभरमा सम्झना आउट हुँदा नेपालले केवल तीन रन बनाएको थियो।

तेस्रो विकेटका रुपमा ओपनर पूजा महतो सात बलमा तीन रन बनाउँदै आउट भएकी थिइन्। उनलाई तान्जनियाकी बलर निमा पियुषले बोल्ड गरेकी थिइन्। पूजा आउट हुँदा नेपालले ३.४ ओभरमा ११ रन बनाएको थियो। 

चौथो विकेटका रुपमा काजल श्रेष्ठ नौ रन बनाउँदै आउट भएकी थिइन्। उनी टोलीकी विकेटकिपर पनि हुन्। काजलले नौ बलमा एक चौका पनि हिर्काएकी थिइन्। उनी रनआउट हुँदै मैदानबाट बाहिरिएकी थिइन्। उनी आउट हुँदा नेपालले ४.१ ओभरमा १५ रन बनाएको थियो।

त्यसलगत्तै नेपालले पाँचौँ विकेटका रुपमा पूर्वकप्तान रुबिना क्षेत्रीलाई गुमाएको थियो। उनी खाता खोल्नुअघि नै रन आउट भई पेभेलियन फर्किएकी थिइन्। ४.६ ओभरमा उनी आउट हुँदा नेपालले केवल १७ रन बनााएको थियो। 

नेपालले छैठौँ विकेटका रुपमा कप्तान इन्दू बर्मालाई गुमाएको थियो। उनी तान्जनियाकी बलर युसाङ्गाको बलमा विकेटकिपर सुफा मोहमेदीद्वारा स्टम्पिङ आउट भएकी थिइन्। पेभेलियन फर्किनुअघि उनले १८ बलमा दुई चौकाको मद्दतले १५ रन बनाएकी थिइन्। उनी आउट हुँदा नेपालले ७.५ ओभरमा ३२ रन बनाएको थियो।

नेपालको सातौँ विकेटका रुपमा अस्मिना कर्माचार्य दुई रन बनाउँदै आउट भएकी थिइन्। उनको विकेट तान्जनियाकी बलर आइसा मोहमदले लिएकी थिइन् । ८.५ ओभरमा उनी आउट हुँदा नेपालले ३६ रनमात्र बनाउन सकेको थियो। 

आठौँ विकेटका रुपमा संगिता राई आउट भएकी थिइन्। उनी चार रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएकी थिइन्। उनको विकेट तान्जनियाकी बलर सोफिया जेरोमले लिएकी थिइन्। १२औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ५५ रन बनाएको थियो।

त्यसअघि टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो। तान्जनियाका लागि आइसा मोहमदले २१ रनको योगदान गरिन्। हुद्दा ओमारीले २५ रन बनाइन्। उनले २६ बलको सामना गरी दुई चौका हिर्काइन्। 

ओमारी रन आउट भएर पेभेलियन फर्किएकी थिइन् । उनलाई अस्मिना कर्माचार्यले रन आउट गराएकी थिइन् । तान्जनियाको खातामा सोफिया जेरोमले अविजित ६ र सुफा मोहमेदीले अविजित एक रन थपिन् । तान्जनियाले अतिरिक्त रुपमा १० रन पाएको थियो । 

नेपालकी बलर संगिता राईले दुई विकेट लिइन् । उनले तीन ओभर बलिङ गर्दै केवल १६ रन खर्चिएकी थिइन् । यसका अतिरिक्त कप्तान इन्दू बर्मा, पूजा महतो र निवर्तमान कप्तान रुबिना क्षेत्रीले एक—एक विकेट लिएका थिए । 

तान्जनियाको पहिलो विकेट नेपाली टोलीकी निवर्तमान कप्तान रुविना क्षेत्रीले लिएकी थिइन् । रुविनाले तान्जनियाकी ओपनर फातुमा किबासुलाई बोल्ड गरेकी थिइन् । तान्जनियाकी कप्तानसमेत रहेकी फातुमाले पेभेलियन फर्किनुअघि १५ बलको सामना गरी एक चौकाको मद्दतले ११ रन बनाएकी थिइन् । तान्जिनियाले ३.४ ओभरमा पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो ।

तान्जनियाको दोस्रो र तेस्रो विकेट नेपाली बलर संगिता राईले लिएकी थिइन् । संगिताले तान्जनियाकी ओपनर साउम मातेईलाई दोस्रो विकेटका रुपमा पेभेलियन फर्काएकी थिइन् । संगिताले उनलाई विकेटकिपर काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् । पेभेलियन फर्किनुअघि साउमले १६ रन बनाएकी थिइन् । उनले २५ बलमा एक चौका पनि हिर्काइन् । तान्जनियाले ९.३ ओभरमा दोस्रो विकेट गुमाउँदा ४२ रन बनाएको थियो ।

त्यसलगत्तै ९.५ ओभरमा संगिताले तान्जनियाको तेस्रो विकेट लिएकी थिइन् । उनले तान्जनियाकी मोनिका पास्कललाई कप्तान इन्दू बर्माद्वारा क्याच गराएकी थिइन् । मोनिकाले पेभेलियन फर्किनुअघि १८ बलमा १० रन बनाएकी थिइन् । मोनिका आउट हुँदा तान्जनियाले ४३ रन बनाएको थियो ।

तान्जनियाको चौथो विकेट कप्तान इन्दू बर्माले लिएकी थिइन् । इन्दूले तान्जनियाकी आइसा मोहमदलाई आफ्नो बलिङमा आफैले क्याच लिएर पेभेलियन फर्काएकी थिइन् । पेभेलियन फर्किनुअघि आइसाले २१ बलमा एक चौकाको मद्दतले २१ रन बनाएकी थिइन् । १४.३ ओभरमा उनी आउट हुँदा जान्तजियाले ७१ रन बनाएको थियो । 

तान्जनियाको पाँचौँ विकेटका रुपमा निमा पियुष पेभेलियन फर्किएकी थिइन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले ६ रन बनाएकी थिइन् । उनलाई कप्तान इन्दू बर्माले रन आउट गरेकी थिइन् । १५.५ ओभरमा उनी आउट हुँदा तान्जनियाले ८५ रन बनाएको थियो ।  

तान्जनियाको छैठौँ विकेट पूजा महतोले लिएकी थिइन् । उनले तान्जनियाकी पेरिस जाकायोलाई नौ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएकी थिइन् । पूजाले पेरिसलाई बिन्दू रावलद्वारा क्याच गराएकी थिइन् । पेरिसले ६ बलमा एक चौका हिर्काएकी थिइन् ।

१८.२ ओभरमा पेरिस आउट हुँदा तान्जनियाले ९८ रन बनाएको थियो । शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङसँगै चौथो टोलीका रुपमा जापान सहभागी छ ।

Logo