भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको लक्ष्य

भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

आईसीसी एक दिवसीय विश्वकपककाे  सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतले न्युजिल्यान्डलाई जितका लागि तीन सय ९८ रनको लक्ष्य दिएको छ। टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ९७ रन बनाएको हो। 

मुम्बइस्थित वानखेड स्टेडियममा खेलिएको उक्त खेलमा भारतका लागि प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी शतक बनाए। उनले टोलीका लागि एक सय १७ रनको योगदान गरे। यस क्रममा उनले एक सय १३ बलको सामना गरी दुई छक्का र नौ चौका पनि हिर्काएका थिए। 

त्यसअघि विराटले आफ्नै राष्ट्रका महान् खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान तोडेका थिए। विराटले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको शतक सङ्ख्यालाई उछिनेका हुन्। न्युजिल्यान्डविरुद्धको खेलमा शतक बनाएसँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको शतक सङ्ख्या ५० पुगेको छ। 

Logo