१९औँ एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान

१९औँ एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान

केन्द्रबिन्दु
0
Shares

मारवाडी सेवा समिति नेपालले १९औँ एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीहरूलाई सम्मान गरेको छ।

पुरुष क्रिकेटतर्फ नेपाली खेलाडीहरूले एउटै म्याचमा अति नै दुर्लभ पाँच वटा विश्व कीर्तिमान बनाएपछि मारवाडी सेवा समितिले सम्मान गरेकाे हाे।   

९ बलमा अर्धशतक बनाइ विश्व कीर्तिमान बनाउन सफल दिपेन्द्रसिंह ऐरी र ३४ बलमा शतक बनाइ विश्व कीर्तिमान बनाउन सफल कुशल मल्ललाई एक लाख एक हजार नगदसहित सम्मान गरेकाे छ।

साथै कराते खेलतर्फ नेपाललाई रजत पदक दिलाउने एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले जानकारी दिए। 
 

Logo