नेपालको कमजोर ब्याटिङ, हङकङलाई ५७ रनको लक्ष्य

नेपालको कमजोर ब्याटिङ, हङकङलाई ५७ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

 चार देश सम्मिलित  महिला  टि-२० आई  सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङलाई ५७ रनको लक्ष्य दिएको छ। बिहीबार हङकङ क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५६ रन बनाएको हो। 

नेपालका लागि रुबिना क्षेत्रीले २५ ओभर बनाउनुबाहेक अरु कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पहिलो विकेट ४ रनमा गुमाएको नेपालले थप ३ विकेट १ रन बनाउँदा गुमायो।

५ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको थियो । हङकङका लागि इक्रा सहरले ३ विकेट लिइन् । त्यस्तै रुचिथा वेंकटेसले २ विकेट लिँदा बेट्टी चान, मारिको हिल र केरी चेनले १/१ विकेट लिएका थिए । नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो ।

Logo