केपी ओली कपमा सन्दीप लामिछानेले बागमती प्रदेशबाट खेल्ने

केपी ओली कपमा सन्दीप लामिछानेले बागमती प्रदेशबाट खेल्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखी पोखरामा हुने केपि ओलि कप टि-२० प्रतियोगिता खेल्ने भएका छन्।

सन्दिपले बागमती प्रदेशबाट उक्त प्रतियोगिता खेल्ने भएका हुन्। बागमती प्रदेशले २७ खेलाडी बन्द प्रशिक्षणमा बोलाउदा सन्दिप पनि टोलिमा समावेश भएका छ्न्।

बागमतीले बन्द प्रशिक्षण बोलाएको टोलिमा सन्दिपसँगै राष्ट्रिय टिमबाट खेलिरहका प्रतिश जिसिसमेत रहेका छन्। त्यस्तै सिनियर टोलिमा परि सकेका सुर्य तामाङ पनि टोलिमा छन्। सन्दिपले २०२१ को इपिएलपछि पहिलो पटक घरेलु क्रिकेट खेल्न लागेका हुन्।

मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा मंसिर ६ देखि १६ गतेसम्म पोखरा रंगशालामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट उक्त क्रिकेट प्रतियोगिता हुन लागेको हो।

Logo