दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियाे २ सय १३ रनको लक्ष्य

दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियाे २ सय १३ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रिकाले आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई २ सय १३ रनको मध्यम लक्ष्य दिएको छ। मध्यक्रमका ब्याटर डेविड मिलरको शतकमा दक्षिण अफ्रिकाले सम्मानजनक योगफल तयार गरेको हो। 

इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा २ सय १२ रनमा अल आउट भयो।मिलर बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन। हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भए।

एक समय २४-४ को अबस्थामा पुगेको टोलीलाई मिलर र क्लासेनले पाँचौ विकेटका लागि ९५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।मिचेल स्टार्कको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्भा बभुमा शुन्यमा विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए।

यस विश्वकपमा चार शतक हानेका क्विन्टन डि कक ३ रनमा क्याच आउट भए। स्टार्कको ११ औँ ओभरको पाँचौ बलमा एडेन माक्ररम १० रनमा डेविड वार्नरबाट क्याच आउट भए। 

अस्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए। ट्रविस हेडले ५ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। मिचेल स्टार्कले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। जोश हेजलवुडले ८ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए। यश खेलको विजेताले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ।

Logo