२५ वर्षपछि सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप हुँदै

२५ वर्षपछि सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल कराते महासंघले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप आयोजना गर्ने भएको छ । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आगामि मंसिर १२ गते देखि १७ गतेसम्म एकेएफ रेफ्री सेमिनार र सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप आयोजना गर्ने जानकारी दिएको हो । 

महासंघलले २५ वर्षपछि च्याम्पियनसिप आयोजना गर्न लागेको हो । ‘नेपालको इतिहासमा २५ वर्षपछि यस्तो प्रतियोगिता आयोजना गरिएको हो । यो एउटा करातेको विकासमा एउटा कोसेढुङ्गा हुनसक्छ ।’ महासंघले भनेको छ । 

च्याम्पियनसिपमा बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान र  श्रीलंकालगायतका देशहरुको सहभागीता रहने संघले जानकारी दिएको छ । आयोजकले सबै सहभागीहरूको लागि एक विदाई रात्रिभोजसमेत आयोजना गर्ने छ ।  

Logo