अपराजित इंग्ल्यान्डले माल्टालाई हरायाे

अपराजित इंग्ल्यान्डले माल्टालाई हरायाे

केन्द्रबिन्दु
0
Shares

युरो कप २०२४ को छनोटमा अपराजित रहेको इंग्ल्यान्डले माल्टामाथि सहज जित निकालेको छ। घरेलु मैदानमा इंग्ल्यान्डले माल्टामाथि २-० को सहज जित हात पारेको हो।

वेम्वली स्टेडियममा इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले गोल गर्दा एक गोल उपहार पाएको थियो। शुक्रबार राति भएको खेलको आठौं मिनेटमा नै इनरिको पेपेको आत्मघाती गोलबाट इंग्ल्यान्डले अग्रता बनाएको थियो।

कप्तान केनको क्रसब्याकलाई बचाउने क्रममा पेपेलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो। त्यसपछि पनि बल पोसेसन राख्दै पाहुना टोलीलाई दवावमा राखेको इंग्याल्डले अर्काे गोलको लागि ७५औं मिनेट कुर्नुपरेको थियो।

केनले बुकायो साकाको पासमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे। त्यसको एक मिनेटपछि नै डिक्लन राइसले गोल गरेपनि भारमा अफसाइड ठहरिदा गोलले मान्यता नपाउँदा इंग्ल्यान्डले थप गोल गर्न सकेन।

यस जितसँगै समूह ‘सी’ मा अपराजित रहेको इंग्ल्यान्ड ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा छ। इंग्ल्यान्डले ७ मध्ये ६ मा जित र एकमा बराबरीको नतिजा निकालेको छ। पराजित माल्टा ८ खेलबाट अंकविहीन हुँदै पुछारमा छ। इटाली र युक्रेनको समान खेलबाटै १३ अंक छ। नर्थ म्यासेडोनिया ७ अंक जोडेर चौथो स्थानमा छ।

Logo