चारदेशीय महिला टी-२० सिरिज हङकङले जित्यो

चारदेशीय महिला टी-२० सिरिज हङकङले जित्यो

केन्द्रबिन्दु
0
Shares

हङकङले चारदेशीय महिला टी-२० सिरिजको उपाधि जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा तान्जानियालाई ५ विकेटले पराजित गर्दै हङकङले सिरिज जितेको हो । तान्जानियाले दिएको ८५ रनको लक्ष्य पछाएको हङकङले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि तान्जानियाले पहिला ब्याटिङ गर्दै १८.४ ओभरमा अल आउट हुदै ८४ रन बनाएको थियो । 

यस सिरिजमा नेपाल भने आजै भएको तेस्रो स्थानको खेलमा जापानलाई पराजित गर्दै तेस्रो भएको थियो ।  सिरिजमा जापान भने कुनै पनि खेल जित्न असफल भएको थियो । 

Logo