विश्वकपको उपाधि जित्न अष्ट्रेलियालाई २४१ रनको लक्ष्य, चलेन भारतको ब्याटिङ

विश्वकपको उपाधि जित्न अष्ट्रेलियालाई २४१ रनको लक्ष्य, चलेन भारतको ब्याटिङ

केन्द्रबिन्दु
0
Shares

आयोजक भारतले आइसिसी विश्वकप २०२३ को फाइनलमा अष्ट्रेलियाविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।   

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ओभरमा अलआउट हुँदै २४० रन बनाएको हो । यसअघिका खेलमा फर्ममा रहेका भारतीय खेलाडीहरु आज अष्ट्रेलियाका बलरसामू क्रिजमा टिक्न सकेनन् । भारतका लागि केएल राहुलले सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले । आउट हुनुअघि १०७ बलमा १ चौका मात्र प्रहार गर्न सके। सुर्यकुमार यादवले १८ रन, कुलदीप यादवले १० रन तथा जोड्दा अन्य खेलाडीले दोहोरो रनसमेत छुन सकेनन् । 

त्यस्तै, विराट कोहली ५४ रन बनाउँदै आउट भए ।  उनी २८ ओभरको तेस्रो बलमा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सबाट बोल्ड आउट भएका हुन् । कोहली जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ३ शतक बनाएका छन् ।  

यसअघि मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल ४ रनमा क्याच आउट भएका थिए ।  भारतले १०औं ओभरको चौथो बलमा कप्तान रोहित शर्मालाई गुमायो । उनी उनी ४७ रनमा क्याचआउट भए । उनले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । उनलाई ग्लेन म्याक्सवेलले आउट गरेका हुन् । 

त्यस्तै, श्रेयस लेयर ४ रनमै आउट भए । यसअघि उनले सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतक प्रहार गरेका थिए । प्याट कमिन्सको १०औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ४ रनमा क्याच आउट भएका हुन् ।

बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिँदा प्याट कमिन्स र जोश हेजलउडले समान २ विकेट तथा एडम जाम्पा र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए । 

अपराजित रहँदै फाइनलमा पुगेको भारत घरेलु मैदानमा तेस्रो उपाधी जित्न चाहन्छ । त्यस्तै, विश्वकपको सर्वाधिक सफल अष्ट्रेलिया पनि छैटौं उपाधी जित्ने सोचमा छ । भारतले सेमिफाइनलमा न्युजिल्याण्ड र अष्ट्रेलियाले साउथ अफ्रिकालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन्। सन् २००३ को फाइनलमा दुवै टिम आमने सामने भएका थिए। सो खेल अष्ट्रेलियाले एकतर्फी रुपमा जितेको थियो। यस पटक भारतीय टिम २० वर्ष पुरानो हारको बदला लिने योजनामा छ। 

Logo