सावित्री कञ्चनजंगा एमपीएलको उपाधि पुरुषतर्फ चिताह चेजर्स र महिलातर्फ फायर फाइटर्सलाई

सावित्री कञ्चनजंगा एमपीएलको उपाधि पुरुषतर्फ चिताह चेजर्स र महिलातर्फ फायर फाइटर्सलाई

केन्द्रबिन्दु
0
Shares

सावित्री कञ्चनजंगा अगरबत्तीसँगको सहकार्यमा सम्पन्न महेश्वरी प्रिमियर लिग (एमपीएल) क्रिकेटको उपाधि पुरुषतर्फ चिताह चेजर्स र महिलातर्फ फायर फाइटर्सले हात पारेका छन् । 

काठमाडौंको रातोपुलस्थित भेलोसिटी एसिनामा भएको प्रतियोगिताको पहिलो सिजनको फाइनल खेलमा पुरुषतर्फ चिताह चेजर्सले २३ रनले उपाधि पक्का गरेको हो । गोल्डेन इगल्सविरुद्ध पहिले ब्याटिङ गरेको चिताह चेजर्सले १६ ओभर खेल्दै ६ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । १५४ रनको विजयी लक्ष्य पछ्याउन आएको गोल्डेन इगल्स १५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १३० रन मात्र बनाउन भएको थियो । 

यसैगरी एमपीएलको महिलातर्फ उपाधि फायर फाइटर्सले ३८ रनले जितेको छ । फाइनलमा गेम चेन्जरविरुद्ध मैदान उत्रिएको फायर फाइटर्सले पहिला ब्याटिङ गर्दै १० ओभरमा ३ विकेट गुमाउँदै ८२ रन बनाउन सफल भएको थियो । ८३ रनको विजयी लक्ष्य पछ्याएको गेम चेन्जरले १० ओभरमा ५ विकेट गुमाएर ४४ रन मात्र बनाउन सक्याे । 

पहिलोपटक एमपीएल क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल)काे फर्म्याट्मा खेलाइएकाे थियो । जहाँ पुरुषतर्फ ५ र महिलातर्फ ४ टोलीहरुले प्रतिस्पर्धा गरेको थिए, पुरुषतर्फ १३ खेल र महिलातर्फ ७ खेलहरु भएका थिए । 

Logo