क्रोएसियाले युरोकपमा स्थान पक्का गरेको छ। समूह डीमा रहेको क्रोएसियाले मंगलबार राति अर्मेनियालाई १-० गोल अन्तरले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा रहेर युरोकपमा स्थान पक्का गरेको छ।
यो समूहबाट टर्कीले पनि युरोकपमा स्थान पक्का गर्न सफल भयो। क्रोएसियालाई जितानउका एन्टे बुडमिरले ४३ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो। यही समूहमा रहेको टर्कीले वेल्ससँग एक एक गोलको बराबरी खेल्दै युरोकपमा स्थान पक्का गर्यो।
वेल्सले सातौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। निको विलियम्सले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, ७० औं मिनेटमा टर्कीले पेनाल्टीमार्फत बराबरी गरेको थियो। युसुफ याजाकाइले गोल गरेपछि टर्कीले बराबरी गर्दै एक अंक लिन सफल भयो। यो खेलपछि समूह डीमा टर्कीले ८ खेलबाट १७ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा राखेको छ।
त्यसैगरी क्रोएसियाले समान खेलबाट १६ अंक बनाएको छ। वेल्सले ८ खेलबाट १२ अंक बनाउदा अर्मेनियाको ८ तथा पुछारमा रहेको लाटभियाको ३ अंक रहेको छ।





























प्रतिक्रिया