अर्जेन्टिनासँग हार्‍यो ब्राजिल

अर्जेन्टिनासँग हार्‍यो ब्राजिल

केन्द्रबिन्दु
0
Shares

विश्वकप छनोटमा ब्राजिल आफ्नै घरेलु मैदानमा अर्जेन्टिनासँग पराजित भएको छ। बुधबार भएको खेलमा अर्जेन्टिना १-० गोलले विजयी बनेको हो।

खेलमा निकोलास ओटामेन्डीले ६३ औँ मिनेटमा एक मात्र गोल निर्णायक बन्यो। विश्वकप छनोटमा घरेलु मैदानमा ब्राजिल पराजित भएको यो पहिलो अवसर हो। यसअघिका ६४ खेलमा ब्राजिल ५१ खेलमा विजयी र १३ खेलमा बराबरीमा रोकिएको थियो।

यसअघि माकाराना रंगशालामा समर्थक र प्रहरीबिच झडप भएपछि खेल ३० मिनेट ढिला सुरु भएको थियो। पराजयसँगै ब्राजिल ६ खेलपछि अङ्क तालिकाको छैटौँ स्थानमा खस्किएको छ। ६ खेलबाट टोलीको मात्र ७ अङ्क रहेको छ। अर्जेन्टिना भने समान खेलबाट १५ अङ्क बटुल्दै शीर्ष स्थानमा छ।

अन्य खेलमा कोलम्बियाले पाराग्वेलाई १-० गोलले हरायो भने इक्वेडरले पनि चिलीलाई समान गोल अन्तरले पराजित गर्‍यो। उरुग्वेले बोलिभियालाई ३-० ले हराउँदा पेरु र भेनेजुएलाले १-१ गोलको बराबरी खेले।

Logo