सन्दीपले ४ विकेट लिँदा बागमतीको जित

सन्दीपले ४ विकेट लिँदा बागमतीको जित

केन्द्रबिन्दु
0
Shares

आजबाट गण्डकी प्रदेशको पोखरमा सुरु भएको केपी ओली कपको उद्घाटन खेलमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस्को टिम रातोलाई १०९ रनले हराएको छ।

बागमतीले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याएको रातो टिम १४.२ ओभरमा ७५ रन बनाउँदै आउट भएपछि बागमतीले शानदार विजयी सुरुवात गरेको हो। बागमतीका लागि अमर मिश्र र विजय प्रजापतीले समान १३ रन बनाउन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ टिम बागमतीका कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछाने ४ विकेट लिए। ४ ओभरमा १६ रन दिएर सन्दीपले ४ विकेट लिएका हुन्। त्यस्तै सुवास खत्रीले ३ विकेट लिँदा प्रतिश जिसीले २ विकेट लिए।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ।

Logo