अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

केन्द्रबिन्दु
0
Shares

कप्तान सुर्यकुमार यादवको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले पहिलो टि-२० आई खेलमा अष्ट्रेलियामाथि २ विकेटको रोमान्चक जित हात पारेको छ। योसँगै पाँच टि-२० आई सिरिजमा भारतले १-० ओ अग्रता लिएको छ।

जितको लागि २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। भारतको जितमा सुर्यकुमार यादवले ४२ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए। ईशान किशनले ३९ बलमा २ चौका र ५ छक्कासहित ५८ रन बनाए।

भारतलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिँएको थियो। शन एबोटलाई रिंकु सिँहले पहिलो बलमा चौका हाने। दोस्रो बलमा वाईको रुपमा १ रन जोडे। तेस्रो बलमा अक्षर पटेल कट एन्ड बोल्ड आउट भए। चौथो बलमा रवि विश्वोइ रन आउट भए।

पाँचौँ बलमा दुई रन लिने धुनमा अर्शदिप सिंह पनि रन आउट भएका थिए। अन्तिम बलमा एक रन चाहिँदा नो बल गरेपछि भारतले जितेको थियो। रिंकु १४ बलमा ४ चौकासहित २२ रनमा नट आउट रहे। यशस्वी जैसवाल ८ बलमा २ चौका र २ छक्कासहित २२ र तिलक बर्मा १२ रनमा आउट भए।

अष्ट्रेलियाका जेहसन बेहरनडोफ,म्याथ्यु शर्ट र शन एबोटले एक एक विकेट लिए।त्यसअघि विशाखापट्नममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो।

अष्ट्रेलियाका लागि विकेटकिपर जोश इंग्लिसले ५० बलमा ११ चौका र ८ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेले पनि टोलीको जितको लागि पर्याप्त भएन। उनको अन्तरास्ट्रिय करिअरको पहिलो शतक थियो।

ओपनर म्याथ्यु शर्ट ११ बलमा ३ चौकासहित १३ रनमा रवि विश्वोइको बलमा बोल्ड आउट भए। दोस्रो विकेटका लागि स्टिभ स्मिथ र जोश इंग्लिसले ६६ बलमा १ सय ३० रनको शतकिय साझेदारी गरेका थिए। स्मिथ ४१ बलमा ८ चौकासहित ५२ रनमा रन आउट आउट भएका थिए। टिम डेविड १९ र मार्कस स्टोइनिस ७ रनमा नट आउट रहे।

भारतका प्रसिद्ध कृष्णाले ४ ओभरमा ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए। रवि विश्वोईले ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए।दोस्रो खेल आइतबार, तेस्रो मंगलबार, चौथो शुक्रबार र पाँचौ तथा अन्तिम खेल आइतबार हुनेछ।

Logo