अष्ट्रेलियामाथि भारतको लगातार दोस्रो जित

अष्ट्रेलियामाथि भारतको लगातार दोस्रो जित

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली भारतले टि-२० सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियामाथि ४४ रनको जित हात पारेको छ।

योसँगै पाँच खेलको टि-२० आई सिरिजमा भारतले २-० को अग्रता लिएको छ। जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन बनाएकाे हाे।

अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले २५ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ४५ रन बनाए। टिम डेविडले २२ बलमा ४ चौका र २ छक्कासहित ३७ रन बनाए। एक समय ७.२ ओभरमा ५८.४ को अवस्थामा पुगेको अष्ट्रेलियालाई स्टोइनिस र डेविडले ३८ बलमा ८१ रनको साझेदारी गर्दै जितको सम्भावना देखाएका थिए। डेविड स्पिनर रवि विश्रोईको १४ औं ओभरको तेस्रो बलमा ऋतुराज गायकवाडबाट क्याच आउट भएपछि जितको सम्भावना लगभग सकिएको थियो।

ओपनर स्टिभ स्मिथ र म्याथ्यु सर्टले १९-१९ रन बनाए। पहिलो खेलमा शतक बनाएका जोश इंग्लिस २ र ग्लेन म्याक्सवेल १२ रनमा आउट भएपछि दबाबमा परेको थियो। कप्तान म्याथ्यु वेड २३ बलमा १ चौका र ४ छक्कासहित ४२ रनमा नट आउट भए।

भारतका स्पिनर रवि विश्रोईले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। प्रसिद्ध कृष्णाले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए। अर्शलीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एकएक विकेट लिए।

त्यसअघि विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो। भारतको जितमा ओपनर रितुराज गायकवाडले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाएका थिए।

बायाँ हाते युवा ओपनर यशस्वी जैसवालले २५ बलमा ९ चौका र २ छक्कासहित ५३ रन बनाउदै उत्कृष्ट सुरुवात दिलाएका थिए। ओपनर रितुराज गायकवाड र जैसवालले पहिलो विकेटका लागि ५.५ ओभरमा ७७ रनमो आक्रामक साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए।

जैसवाल नाथन एलिसको बलमा एडम जाम्पाबाट क्याच आउट भए। दोस्रो विकेटका लागि रितुराज र इशान किशनले ५८ बलमा ८७ रनको साझेदारी गरेका थिए। इशान किशन ३२ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनमा आउट भए। सुर्यकुमार यादव १० बलमा २ छक्कासहित १९ रनमा क्याच आउट भए।

रिंकु सिँहले ९ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे। तिलक बर्मा २ बलमा १ छक्कासहित ७ रनमा नट आउट रहे।अष्ट्रेलियाका नाथन एलिसले ४ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए। मार्कस स्टोइनिसले १ विकेट लिए। भारत पहिलो खेलमा २ विकेटले विजयी भएको थियो। अव तेस्रो खेल मंगलबार गुवाहाटी, चौथो खेल शुक्रबार रैपुर र पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ।

Logo