काठमाडौँमा जारी नेपाल सुपर लिग एनएसएलमा स्पोर्टिङ इलामले पहिलो जित निकालेको छ।सोमबार भएको खेलमा झापा एफसीमाथि १-० को जित निकालेको हो।
इलामले ८७ औँ मिनेटमा निर्णायक गोल गरेको थियो। ८४ औँ मिनेटमा पाएको पेनाल्टीलाई खेर फालेका इलामका अमाथ एनडले ८७ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै इलामलाई अग्रता दिलाए।
इलामका भरत खवासले दिएको पासलाई अमाथले प्रहार गरेको पोस्ट चार्जलाई झापा किपर स्टेफन क्युपिकले जोगाउन प्रयास गर्दा आएको बललाई आफै अमाथले गोल गरे पछि खडेरी तोडिएको हो। खेलको तेस्रो मिनेटमा झापाका भरत खवासले फिनिसिङ गर्न सकेनन्।
नवौं मिनेटमा झापाका छिरिङ लामाले इलामका अमाथलाई लडाएपछि पाएको फ्रिकिक पोष्टभन्दा माथिबाट गएको थियो। २६ औँ मिनेटमा झापाका फर्नान्डो टोरेसले गरेको फ्रिकिकलाई इलामका खेलाडीले ब्लक गरेका थिए।
६७ औँ मिनेटमा अमाथले गरेको प्रहार पोष्ट नजिकबाट आउट भएको थियो। ६९ औँ मिनेटमा इलामले लगातार पोस्टमा चार्ज गरे पनि सफल हुन सकेन।
८२ औँ मिनेटमा झापाका योगेश गुरुङले इलामका भरत खवासलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। सोही पेनाल्टी ८४ औँ मिनेटमा अमाथले प्रहार गर्दा पोस्टभन्दा माथिबाट गएको थियो।
दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा झापाले बराबरी गर्ने अबसर खेर फालेको थियो। लक्ष्मण रुचालको पासमा प्रदिप लामाको हेडर इलामका कुथुले बचाउँदै इलामलाई १-० को जित दिलाउन सफल भए।





























प्रतिक्रिया