दोस्रो एनटीए लिग आजदेखि हुँदै

दोस्रो एनटीए लिग आजदेखि हुँदै

केन्द्रबिन्दु
0
Shares

दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता आजदेखि ललितपुरमा सुरु हुने भएको छ। 

नेपाल तेक्वान्दो संघको आयोजनामापुम्से र ग्यरोगी दुई विधामा हुन लागेको प्रतियोगितामा कूल ७२ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिए। 

६ सय ५० खेलाडीको सहभागिता रहने उक्त प्रतियोगिता तीन दिनसम्म ललितपुरस्थित सातदोबाटोको तेक्वान्दो हलमा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाँ खर्च हुनेछ। 

Logo