भारत तीन फरक कप्तानका साथ दक्षिण अफ्रिका जाने

भारत तीन फरक कप्तानका साथ दक्षिण अफ्रिका जाने

केन्द्रबिन्दु
0
Shares

भारतले दक्षिण अफ्रिका भ्रमणको लागि तीन फरक कप्तानीमा टोली घोषणा गरेको छ। भारतले दक्षिण अफ्रिकासँग डिसेम्बर १० देखी जनवरी ३ सम्म समान तीन टि-२०, ओडिआई र दुई टेस्ट खेलको सिरिज खेल्नेछ।

भारतले सूर्यकुमार यादवको कप्तानीमा टि२० टोली घोषणा गरेको छ। रविन्द्र जडेजा टि-२० मा उपकप्तान छन्। तीव्र गतिका बलर दीपक चाहर टि-२० आईमा टोलीमा फर्किएका छन्।

भारतले ओडिआई भने लोकेश राहुलको कप्तानीमा टोली घोषणा गरेको छ। ओडिआई टोलीमा सन्जु स्यामसन र रजत पाटीदारलाई भारतले टोलीमा बोलाएको छ। त्यस्तै युजभेन्द्र चहल पनि भारतीय ओडिआई टोलीमा छन्।

टेस्ट टोली भने भारतको रोहित शर्माले गर्नेछन्। भारतले रोहित शर्मा र विराट कोहलीलाई टि-२० र ओडिआईमा विश्राम दिएको छ। डिसेम्बर १०, १२ र १४ मा भारत र दक्षिण अफ्रिकाबीच टि-२० आई सिरिज हुनेछ। डिसेम्बर १७, १९ र २१ मा तीन ओडिआई खेलको सिरिज हुनेछ। आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ देखी २०२५ अन्तर्गत दुई टेस्ट खेल पनि खेल्नेछ। पहिलो टेस्ट २६ डिसेम्बर र दोस्रो टेस्ट ३ जनवरीमा सुरु हुनेछ।

दुई साताअघि भारत एकदिवसीय विश्वकपको फाइनलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो। दक्षिण अफ्रिका पनि सेमिफाइनलमा अष्ट्रेलियासँग ३ विकेटले पराजित हुँदै बाहिरिएको थियो। दुबै टोली उक्त पिडालाई भूलेर २०२४ को टि२० विश्वकपको तयारी गर्न चाहन्छन्।

भारतको टेस्ट टोली :

रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस ऐर, ऋतुराज गायकवाड, ईशान किशन, लोकेश राहुल, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शिराज, मुकेश कुमार, मोहम्मद शामी, जस्प्रित बुमराह र प्रसिद्ध कृष्णा ।

भारतको ओडिआई टोली :

ऋतुराज गायकवाड, साई सुदर्शन, तिलक बर्मा, रजत पाटिदार, रिंकु सिंह, श्रेयस ऐर, लोकेश राहुल (कप्तान), सन्जु स्यामसन, अक्षर पटेल, वासिन्टन सुन्दर, कुलदीप यादव, युजभेन्द्र चहल, मुकेश कुमार, आवेश खान, अर्शदीप सिंह र दीपक चाहर ।

भारतको टि-२० आई टोली

यशस्वी जैसवाल, शुभमन गिल, ऋतुराज गायकवाड, तिलक बर्मा, सूर्यकुमार यादव (कप्तान), रिंकु सिंह, श्रेयस ऐर, ईशान किशन, जितेश शर्मा, रविन्द्र जडेजा, वासिन्टन सुन्दर, रवि विश्रोई, कुलदीप यादव, अर्शदीप सिंह, मोहम्मद शिराज, मुकेश कुमार र दीपक चाहर ।

Skip This
Skip This
Logo