नेपालले आइसिसी विश्वकप लिग–२ को पहिलो सिरिज घरेलु मैदान आगामी खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच आगामी फागुन ५ देखि (फेब्रुअरी १७) देखी सुरु हुनेछ । नेपालले दुवै टोलीसँग समान दुई खेल खेल्नेछ ।
२०२७ सम्म चल्ने लिग–२ मा नेपालसहित युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन् । २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको नेदरल्यान्ड्स यस पटकदेखि लिग २ मा झरेको हो ।
सिरिजका क्रममा नेपालले सबै देशसँग भ्रमण गर्नेछ । यसअघि नेपालले लिग २ मा तेस्रो स्थान पक्का गर्दै जिम्बावेमा विश्वकप छनोट खेलेको थियो ।





























प्रतिक्रिया