आज भारत र अस्ट्रेलियाबीचको पाँचौँ टी-२० खेल हुँदै

आज भारत र अस्ट्रेलियाबीचको पाँचौँ टी-२० खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

भारत र अस्ट्रेलियाबिचको पाँचौँ तथा अन्तिम टी-२० खेल आज हुँदैछ।

यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बैंग्लोरमा सुरू हुनेछ।  घरेलु टोली भारतले पाँच खेलको टी-२० शृङ्खला एक खेल अगावै जितिसकेको छ। अस्ति भएको चौथो खेलमा भारतले अस्ट्रेलियालाई २० रनले हराउँदै शृङ्खला आफ्नो पक्षमा पारेको हो।

भारत शृङ्खलामा ३-१ ले अघि छ। भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अस्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो। यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो।

Logo