‘स्ट्याक ग्लोबल च्याम्पियन्स लिग २३’ काठमाडौंमा सुरु

‘स्ट्याक ग्लोबल च्याम्पियन्स लिग २३’ काठमाडौंमा सुरु

केन्द्रबिन्दु
0
Shares

पहिलो संस्करणको ‘स्ट्याक ग्लोबल च्याम्पियन्स लिग २३’ काठमाडौं सुरु भएको छ ।

स्ट्याक च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा लैनचौरमा आजदेखि सुरु भएको लिग १९ मंसिरदेखि २३ पाँच दिनसम्म सञ्चालन हुने बताइएको छ । लिगमा मिक्स टिम लिगमा तिन विभागीयसहित कूल ९ टोलीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

लिगमा आयोजक स्ट्याग च्याम्पियन्स टेवल टेनिस एकेडेमीसहित नेपाल प्रहरी, त्रिभुवन आर्मी, एपीएफ क्लब, एभिएम टेवल टेनिस क्लव, कान्तिपुर भ्याली पिङ पोङ क्लब, नगाउन स्पोर्टस् क्लब,गड स्पिन टिटी एकेडेमी, ज्ञानभैरव दिल्लीबजार टिटी क्लबले सहभागीता जनाएका छन् । 

लिगमा सहभागी हुने आयोजक एकेडेमीसहित पुलिस क्लब, एपीएफ,एभिएम, कान्तिपुरले विदेशी खेलाडी अनुबन्ध गरेका छन्। प्रतियोगिताको सबै खेल लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । 

नेपाल ओलम्पिक कमिटी (एनओसी)को पहिलो कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले लिगको सफलततका लागि शुभकामना व्यक्त गर्दै टेवलटेनिसको इतिहासमै राम्रो सन्देश दिएको बताए । 

लिगमा पहिलो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कारसहित रनिङ ट्रफी र मेडल पाउने छन् । उपविजेताले १ लाख र सेमिफाइनलिष्ट दुई टोलीले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतियोगितालाई सम्पन्न गर्न १९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको रहेको छ । 

Skip This
Logo