यू-१९ क्रिकेट टिमका खेलाडीले पूर्वघोषित पुरस्कार रकम छिट्टै पाउने खेलकुदमन्त्रीको आश्वासन

यू-१९ क्रिकेट टिमका खेलाडीले पूर्वघोषित पुरस्कार रकम छिट्टै पाउने खेलकुदमन्त्रीको आश्वासन

केन्द्रबिन्दु
0
Shares

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू–१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनभित्रमा पाउने दाबी गरेका छन् । 

यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा मंगलबार मन्त्री लिम्बुले केही समस्याको कारणले गर्दा ढिला भएको भन्दै अबको दुई दिनभित्रमा सबै खेलाडीहरुको खातामा पैसा पुग्ने बताएका हुन् ।

खेलाडीलाई जनही ३/३ लाख दिने घोषणा गत साउनमै भएको थियो । तर, रकम उनीहरुको खातामा निकासा भएको छैन । खेल मैदान र बहसका मञ्चमा उक्त रकमको बारेमा चर्को कुरा उठ्ने गरेको छ । तर, सरकारले पैसा पठाएको छैन । 

मन्त्री लिम्बुले भने अब छिटै खेलाडीले पुरस्कारको रकम आआफ्ना खातामा पाउने बताए । उनले भने, ‘खेलाडीहरुले खेल जितेर आएको ७ देखि १५ दिनभित्र निकासा गर्नुपर्ने योजना बनाएका छौं । तर केही केही समस्याको कारणले गर्दा ढिला भएको हो, अबको दुई दिनभित्रमा सबै खेलाडीहरुको खातामा पैसा पुग्छ ।’

उनले पहिलाको जस्तो समस्याहरु फेरि नआउने भन्दै उच्च मनोबलका साथ खेल्न सबै खेलाडीलाई आग्रह गरे । उनले भने, ‘खेलाडीहरुलाई के भन्न चहान्छु, भने उच्च मनोबलका साथ खेल्नु, तपाईहरुले संसारलाई जित्नु हुन्छ । यसको लागि सरकार र मन्त्रालय प्रतिबद्ध छ, पहिलाको जस्तो समस्या फेरि आउँदैन ।’ 

उनले अबको नेपाल फर्किएपछि सबै खेलाडीहरुले पाउनुपर्ने सेवा सुविधा पाउने विश्वास पनि दिलाएका छन् । 

Skip This
Logo