आनन्द धाख्वालाई रात्रिकालिन टेबल टेनिसको पहिलो स्वर्ण

आनन्द धाख्वालाई रात्रिकालिन टेबल टेनिसको पहिलो स्वर्ण

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको भेट्रान्स ६० वर्ष माथीको इभेन्टसमा आनन्द धाख्वाले स्वर्ण पदक जितेका छन्। मंगलबार सम्पन्न फाइनलमा वडा नम्वर १० का धाख्वाले वडा नम्वर १९ का जगदिश्वर प्रसाद जोशीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। 

धाख्वाले जोशीलाई ११-४, ११-४, ११-७ ले हरायो। यसअघि सेमिफाइनलमा जोशीले वडा नम्वर १६ का धर्मेन्द्र शाक्यलाई तथा धाख्वाले वडा नम्वर ५ का पूर्ण शंकर श्रेष्ठलाई पराजित गरेका थिए। 

त्यसैगरी ५० वर्षमाथिको इभेन्ट्समा बडा नम्वर १६ का प्रकाश धाख्वा, बडा नम्वर २० का संघ बज्राचार्य, बडा नम्वर १९का निशान प्रधान, बडा नम्वर ९ का किरण ब्यञ्जनकार, बडा नम्वर ११ का नदिम रत्न शाक्य र बडा नम्वर २० का सुरेश बज्राचार्य क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।

गत मंसिर १२ गतेबाट शुरु भएको रात्रिकालिन टेबल टेनिस प्रतिस्पर्धामा विभिन्न १५ इभेन्ट्समा ५ सय भन्दा वढी खेलाडीहरुले सहभागिता जनाइरहेका छन्। प्रतियोगिताको तेस्रो दिन खेलकै क्रममा मूल आयोजक समितिका सचिव तथा खेलाडी पुष्पराज शाक्यको निधन भएपछि खेल एक हप्ता स्थगित गरिएको थियो। 

ललितपुर जिल्ला टेवल टेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको प्रतियोगिताका खेलहरु वडा तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा संञ्चालन भइरहेको छ। कुल ३ लाख ५० हजार  रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

Skip This
Logo